कोषमा निजी क्षेत्रको अपेक्षित सहभागिता बढाउन नीतिगत सुधार आवश्यकः सचिव पुस्कर
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। कृष्णहरी पुस्करले सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको अपेक्षित सहभागिता बढाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ ।
आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सरकारको तर्फबाट हुनुपर्ने नीतिगत व्यवस्थाहरू समयमै कार्यान्वयन नहुँदा निजी क्षेत्रको अपनत्व अपेक्षित रूपमा विस्तार हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । तर सरकार आवश्यक सुधारका लागि तयार रहेको उहाँको भनाई छ । छिट्टै नीतिगत व्यवस्था परिमार्जन गर्ने उहाँले प्रतिवद्धता समेत जनाउनुभयो।
उहाँकाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअन्तर्गत परिकल्पना गरिएका योजनाहरू द्रुत गतिमा कार्यान्वयन भईरहेका छन् । श्रमिकमा राज्यले संरक्षण गर्छ र भविष्य सुरक्षित छ भन्ने विश्वास पैदा भएको उहाँको दाबी छ । सामाजिक सुरक्षा योजनाले उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने आधार समेत निर्माण गरेको उहाँले बताउनु भयो ।
उहाँले कोषलाई प्रभावकारी बनाउन सबै पक्षको दायित्व रहेको उल्लेख गर्नुहुँदै जनचेतनामुलक कार्यक्रम, सहुलियत तथा आवद्धता निरन्तरता सुनिश्चित गर्ने कार्यक्रमहरूलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनु भयो। हाल सामाजिक सुरक्षा कोषमा करिव २५ लाख आवद्धता पुगेको उहाँले जानकारी दिनुभयो । कोषको पुँजी एक खर्ब रूपैयाँ बढी भएको उल्लेख गर्नुहुँदै उहाँले यो कोष देशकै सबैभन्दा ठूलो जनताको पुँजी भएको कोष बन्ने पनि दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘योगदानमा आधारित समाजिक सुरक्षा ऐनले परिकल्पना गरेका कोषका योजनाहरु कार्यन्वयन गर्दे दु्रत गतिमा अगाडी बढेको छ । श्रमिकहरुमा राज्यको संरक्षण छ । अनि हाम्रो भविष्य पनि सुनिश्चित छ भन्ने भरोसा पलाएको छ भन्ने मैले ठानेको छु । यसले उत्पादन र उत्पादकत्वमा सुधार गर्दे लैजाने आधारहरु पनि निर्माण गरेको छ । यदपी यो योजनालाई अझ प्रभावकारी बनाउँदै, सुधार गर्दै अगाडी बढ्नको लागी हामी सबैको दायित्व हो भन्ने मलाई लाग्दछ । आवद्धता बढाउँदै लैजानको लागी आवद्धता निरन्तरताको लागी प्राथमिकताको सोहीका अनुसारको जनचेतना, सहुलियत लगायतको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउनको लागी मन्त्रालय प्रतिवद्ध छ । कोषप्रति निजि क्षेत्रको अपन्नत्वलाई अपेक्षित रुपमा गतिवान बनाउन सरकारको तर्फबाट हुनुपर्ने केही नितिगत व्यवस्थाहरु र प्रतिवद्धताहरु समयमा नै गर्न सकिरहेका छैनौ । तथापी नेपाल सरकार असाध्यै प्रयासरत रहेको छ । र यथाशिघ्र यो विषयमा केही व्यवस्थाहरु गरेर अगाडी बढ्ने प्रतिवद्धता पनि जनाउन चाहन्छु । सामाजिक सुरक्षाका योजनाहरुले समाजलाई मात्रै बलियो बनाउने होईन, सार्वजानिक वित्तलाई पनि सुदृढ बनाउँदछ । आन्तरिक पुँजी परिचालनको महत्वपुर्ण आधार बन्न सक्नेमा सायदै दुईमत होला । हालसम्म करिब २५ लाखको आवद्धता, एक खर्व भन्दा बढी पुँजी भईसकेको आजको दिनले संकेत गरिरहेको छ, यो कोष देशको सबैभन्दा ठुलो पुँजी भएको जनताको भरोसा भएको कोष बन्दैछ ।’
सामाजिक सुरक्षा योजनाले समाज मात्र नभई सार्वजनिक वित्त प्रणाली र आन्तरिक पुँजी परिचालनलाई समेत सबल बनाउने उहाँले बताउनु भयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




