कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा
काठमाडौं। कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
‘प्रतिवादी उपरमा लागेको अभियोग दाबी तथा संकलित सबुत प्रमाणहरू, प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका समग्र परिस्थिति तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ७२ समेतलाई विचार गरी पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा हाल प्रतिवादी कृष्णबहादुर महराबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रू.२०,००,०००/-(बीस लाख रुपैयाँ) नगद धरौटी वा सोबराबरको जमानत वा बैंक जमानत दिए लिई मुद्दा पुर्पक्षका लागि तारिखमा राखी नियमानुसार गर्नू,’ आदेशमा भनिएको छ ।
भेपमार्फत सुन तस्करी प्रकरणका सिलसिलामा महरा असोज २६ गते काठमाडौंबाट पक्राउ पर्नुुभएको छ। ‘पूरक अभियोगमा नयाँ तथा थप प्रमाण संकलन भई दाबीमा उल्लेख हुन सकेको अवस्था समेत मिसिलबाट नदेखिएको, शुरू मूल अभियोग तथा पहिलो पूरक अभियोग दाबी समेत उपरमा प्रमाण संकलन भै उक्त प्रमाणहरूको विवेचना भै फैसला समेत भैसकेको एवं प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतसमक्ष गरेको बयान व्यहोरा समेतका परिप्रेक्ष्यमा तत्काल प्राप्त प्रमाणहरूका आधारमा प्रतिवादीलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएको अवस्थामा तहाँ अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखे गरी भएको मिति २०८२/०६/२९ को आदेश मिलेको नदेखिँदा देखिँदा बदर गरिदिएको छ,’ आदेशमा अगाडि भनिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




