राजनीति

समाजमा देखिएको असन्तोषको कारण सामाजिक सुरक्षाको प्रत्याभूति भएन : शंकर पोखरेल

काठमाडौँ। नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु पनि रहेको स्विकार्नुभएको छ।

८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा विषयक कार्यक्रममा उहाँले यस्तो स्विकार्नुभयो।  उहाँले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश, राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताउनुभयो।

त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने बताउनुभयो। एशियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भए पनि क्रमशः सूचना र प्रविधिको तीव्रताका कारण विघटनतर्फ गइरहेको बताउनुभयो।

पोखरेलले भन्नुभयो, ‘हाम्रो समाजमा जुन प्रकारको असन्तोष छ। त्यसको कारण सामाजिक सुरक्षा प्रत्याभूति नहुँदाको परिणाम होला भन्ने म ठान्दछु। समाजमा देखापरेको अराजकता, असहिष्णुता‚ राष्ट्रप्रतिको लगाव, सांस्कृतिक मूल्य, मान्यताप्रति अनास्था र अविश्वास प्रकट गर्ने प्रवृत्ति सुधारर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्छ। भविष्यप्रतिको असुरक्षाको भावनाले धेरै हदसम्म काम गरेको छ।’

महासचिव पोखरेलले अनौपचारिक क्षेत्र असंगठित रहेका कारणले उत्पन्न भएको समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...