हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३०० बढीको अवस्था अज्ञात
हङकङ। हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । करिब ३०० मानिसहरुको अवस्था अझै अज्ञात रहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
त्यसैगरी आगलागीमा परी ७४ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन्।
सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका छन्, तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
आगलागी शहरको घना जनसंख्या भएको क्षेत्रमा रहेका आवासीय भवनमा बुधबार मध्यराततिर सुरु भएको थियो । आगलागी भएका ती बहुतले भवनहरुमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए।
घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ । हङकङ प्रशासनले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्याली
क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको...
टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द
टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज...
सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...
इरानबाट १८ चिनियाँ नागरिकको उद्धार
इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ।...




