राजनीति

उज्यालो नेपाल पार्टीले मंसिर १९ मा घोषणा सभा गर्ने

काठमाडौं। उज्यालो नेपाल पार्टीले यही मंसिर १९ गते घोषणा सभा गर्ने भएको छ।

पार्टी घोषणा सभाको सम्बन्धमा आवश्यक जानकारी दिने उद्देश्यले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्न लागिएको सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले जानकारी दिनुभयो।

‘हाम्रो पार्टीको घोषणा सभा यही मंसिर १९ गते गर्ने तयारी छ,’ उपाध्यायले  भन्नुभयो,‘सोही कार्यक्रमको विषयमा जानकारी दिने उद्देश्यले शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन राखेका छौँ।’

उहाँ आजको पत्रकार सम्मेलनमा आफूसहित पार्टीका पदाधिकारी उपस्थित हुने बताउनुभयो। १९ गतेको सभामा भने ऊर्जामन्त्री कुलमान घिसिङ पनि सहभागी हुने जानकारी उपाध्यायले दिनुभयो।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...