हङकङ आगलागी : मृत्यु हुनेको संख्या १२८ पुग्यो
हङकङ आगलागीबाट मृत्यु हुनेको संख्या १२८ पुगेको छ भने थप १६ शव भवनमै छरिएको अवस्थामा रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
ताईपोस्थित वाङफुक कोर्टमा बुधबार भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या बढिरहेको छ। पछिल्लो विवरणअनुसार ११ अग्नि नियन्त्रकसहित ७९ जना घाइते छन् भने ठूलो संख्यामा मानिसहरू हराइरहेका छन्।
अधिकारीहरूका अनुसार मर्मत सम्भार कार्यमा प्रयोग हुने अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्रीले आगो द्रुत रूपमा फैलिँदा सात दशकपछिको यति ठूलो विनास निम्तिन पुगेको थियो। भवन बाहिर प्रयोग गरिएका जालीलगायतमा पनि सुरक्षा मापदण्ड पूरा नगरेको देखिएको छ।
ठूलो विनास निम्तिएपछि नवीकरण कम्पनीको परामर्शदाता फर्म विल पावर आर्किटेक्ट्सका दुई निर्देशक र नवीकरण कम्पनी प्रेस्टिज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका तीन वरिष्ठ कर्मचारीलाई यस अघि नै पक्राउ गरिसकिएको छ। पक्राउ परेकाहरूलाई हत्या आरोपमा पक्राउ गरिएको हो।
जुलाई २०२४ देखि स्टेटका आठ आवासीय ब्लकको मर्मतसम्भार भइरहेको थियो जसलाई बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको थियो।
सरकारले घातक आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको जनाएको छ। ग्राफ्टबस्टरहरूले ३३० मिलियन हङकङ डलर मूल्यमा सुरु गरिएको मर्मत कार्यको अनुसन्धान सुरु गरेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




