खेलकुद

चितवनमाथि काठमाडौंको जित

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ ।

पाँच खेल खेलिसकेको काठमान्डु तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । विराटनगर समान अंक भए पनि रनरेटमा काठमान्ठु पछि छ ।

काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।

चितवनका लागि देव खनाल र रबि बोपाराले समान २१ रन बनाए भने सोहे तनविरले १८ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंका लागि रासिद खानले १.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान दुई/दुई विकेट लिए ।

आजको खेलमा दुई विकेट लिएका करण र मिलिन्दको विकेट संख्या ९ पुगेको छ । यी दुई खेलाडीसँगै विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरशप्चिमा हर्मित सिंहले पनि समान ९ विकेट लिएका छन् ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।

काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तर, सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् ।

१५ ओभरमा १०९/३ को अवस्थामा रहेको काठमाडौंले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो । चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमान्डु अलआउट भएको थियो ।

चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले दुई/दुई तथा रवि बोपाराले एक विकेट लिए ।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...