खेलकुद

बसिरको अविजित ६२ रनले विराटनगरको जित, हार्यो कर्णाली

काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै अविजित ६२ रन बनाएपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

विराटनगरको जितमा बसिर नायक बने । एक समय ६५-५ को स्थितीमा रहेको विराटनगरलाई बसिरले जितसम्म पुर्‍याउने क्रममा धैर्य भएर ब्याटिङ गरे । उनले ४३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६२ रन जोडे ।

२०औं ओभरको पाँचौ बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै उनले विराटनगरको जित पक्का गरेका थिए ।

बसिरले छैटौं विकेटका लागि नारायण जोशीसँग महत्वपूर्ण ६९ रनको साझेदारी गरेका थिए । नारायणले १६ बमला २ चौका र १ छक्का प्रहार गर्दै २५ रन योगदान गरे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुई/दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले प्रियांक पान्चलको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो ।

ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो ।

पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे ।

गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए ।

बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...