खेलकुद

लगातार पाँच खेल जित्दै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लगातार पाँचौं जित निकालेको छ ।

शनिबार भएको खेलमा जनकपुर बोल्ट्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो। सुदूपश्चिमको जितका लागि इसान पाण्डेले सर्वाधिक ५६ रन बनाए। इसानले ३५ बलमा ८ चौका र एक छक्का प्रहार गरे । जोश ब्राउन ०, विनोद भण्डारी ४२ र क्रिस लिन १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १० र हर्मित सिंह २५ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका माज सदाकतले २ तथा सञ्जय कृष्णमूर्ति र आदित्य मेहताले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्थशतक प्रहार गरे । उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

जोन निकोल लोफ्टी इन्र्टन ३९, माज सदक्वात १२, आसिफ शेख ०, मयन यादव ६, आदित्य मेहता १५, शुभ कंशाकार ० र वायन पार्नेल १४ रनमा आउट भए । रुपेश सिंह १ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले सर्वाधिक ४ विकेट लिए । स्कट कुइगेलेइन ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
सुदूरपश्चिमले लगातार पाँचौं जित निकाल्दा साविक विजेता जनकपुर बोल्ट्सले लगातार चौथो हार बेहोरेको छ ।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...