अर्थ

गैरआवासीय नेपाली संघको आइतबार एकता घोषणा हुने, फेब्रुअरीमा १२ औं महाधिवेशन

काठमाडौं। लामो समयदेखि विवाद र विभाजनमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अब एकीकृत हुने भएको छ । संघको आइतबार काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्न लागिएको हो।

करिब चार वर्षदेखि विभाजनमा रहेको संघको डा. बद्री केसी र महेश श्रेष्ठले छुट्टाछुट्टै नेतृत्व गरिरहेका छन् । १० औँ महाधिवेशनबाट शुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो । हाल दुवै संघका अध्यक्ष संघलाई एकतावद्ध गर्न तयार हुनुभएको छ ।

डा. केसी नेतृत्वका संघका उपमहासचिव तथा वार्ता समिति सदस्य सोम सापकोटाले करिब चार वर्षदेखि चल्दै आएको आन्तरिक विवाद अन्त्य गरी संघले आइतबार बृहत एकता घोषणा गर्न लागेको जानकारी दिनुभयो ।

सापकोटाकाअनुसार आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा बृहत एकता घोषणा हुन लागेको हो। एनआरएनए विदेशमा रहेका नेपालीहरूको साझा संस्था भएकाले यसको दर्ता परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको छ। हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको कारण उहाँको उपस्थितिमा एकता घोषणा गर्न लागिएको सापकोटाले जानकारी दिनुभयो।

उहाँले गैरआवसीय नेपालीहरुको चाहना  र भावनाअनुसार नै एकता गर्न लागिएको जानकारी दिनुभयो ।  १० औँ महाधिवेशनमा पञ्जीकृत सदस्य र प्रतिनिधि निर्धारण सम्बन्धि विधानको पालना गर्न नसक्दा विवाद उत्पन्न भएको थियो । विधानअनुसार हरेक १० पञ्जीकृत सदस्यमा १ प्रतिनिधि तोकिने व्यवस्था रहेपनि केही देशमा उक्त प्रक्रिया अवलम्बन नगरिएकाले समस्या भएको थियो।

एनसीसी विवाद मिलाउन समय दिइने, फेब्रुअरी अन्तिममा १२ औँ महाधिवेशन

संघको अन्तराष्ट्रिय सम्वन्वयन परिषद्मा देखिएको विभाजनपछि केही केही देशमा एनसीसी (राष्ट्रिय समन्वय परिषद्) हरू पनि विभाजित बनेका छन् । दुई वटा एनसीसी रहेका देशमा एकता प्रक्रियाका लागी समय दिईने दिइने छ।

विधानअनुसार सदस्यता लिएका र पञ्जीकृत सदस्यलाई महाधिवेशनमा सहभागी गराइने र कसैलाई अन्याय नहुने जनाइएको छ । फेब्रुअरी अन्तिममा १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

समग्र गैरआवासीय नेपालीको ईच्छाअनुसार भएका कमीकमजोरीहरुलाई सुधार्दै अब एनआरएनए एकतावद्ध हुने बताइएको छ।

सम्बन्धित समाचार

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...