प्रधानमन्त्री ताकाइचीको ताइवान टिप्पणीप्रति आक्रोशित जापानीहरू सडकमा
जापान। जापानी प्रधानमन्त्री साने ताकाइचीले चीनको ताइवानमा हालै गरेको गलत टिप्पणी र उहाँको निरन्तर पश्चातापको अभावको प्रतिक्रियामा जापानी जनताले टोकियोमा ठूलो मात्रामा विरोध प्रदर्शन गरेका छन् ।
ताकाइचीलाई आफ्नो बयान फिर्ता लिन माग गरेका छन् । नोभेम्बर २१ र २५ मा भएको विरोध प्रदर्शनपछि सयौं मानिसहरू फेरि प्रधानमन्त्रीको आधिकारिक निवास अगाडि भेला भएका हुन् । प्रदर्शनकारीहरूले ताकाइचीले राजीनामा दिनुहोस्, इतिहास कहिल्यै नबिर्सनुहोस्, उही गल्तीहरू कहिल्यै नदोहोर्याउनुहोस् लेखिएका प्लेकार्डहरू बोकेका थिए ।
ताकाइचीले सैन्यवादको भूतसँग हात मिलाएको चित्रण गर्ने कार्टुन समातेर प्रदर्शनकारी र्योले जापान सैन्यवादी बन्न सक्नेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।
हालै ताइवानबारे चीनलाई लिएर प्रधानमन्त्री साने ताकाइचीले गलत टिप्पणी गर्नुभएको जापानीहरुको आरोप छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




