आगजनी र तोडफोड आरोपमा अमनलाल मोदीका स्वकीय पक्राउ
विराटनगर । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छ । पक्राउ परेका अन्सारी पूर्वसांसद अमनलाल मोदीका स्वकीय हुन् । उनीसँगै पक्राउ पर्नेमा महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेको प्रहरीले जनाएको छ ।
जेन्जी आन्दोलनक्रममा अन्सारी आफैँले आगजनी र तोडफोड गरेको घटनाको भिडियो टिकटकमा सेयर गरेका थिए । त्यसपछि उनले भिडियो हटाएर केहीदिन बेपत्ता भएका थिए । माओवादीसहित अन्य दलका बीचमा एकता भएपछि उनी सार्वजनिक भएका थिए । नेपाली कम्युनिष्ट पार्टी बनेपछि उनी मोदीकै अघिपछि देखिँदै आएका थिए ।
अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडक्रममा प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियोसमेत सार्वजनिक भएको थियो । पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ ।
अन्सारीलगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवालाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ । यसअघि मोरङका सरकारी भवनमा आगजनी गर्ने २१ जना पक्राउ परिसकेका छन् । सरकारी भवन र व्यक्तिका घरमा आगजनी तथा लुटपाट गर्ने कोही पनि नछुट्ने प्रहरीको दाबी छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...




