गजामा इसराइली हमलाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो
काठमाडौं। गजामा इसराइलको आक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ। गजाको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गर्दै मृतकको संख्या ७० हजार एक सय पुगेको जनाएको छ।
इसराइलले हवाई हमला गर्दा ध्वस्त भएका भग्नावशेषहरुबाट तीन दिनमै ३ सय जनाभन्दा बढीको शव भेटिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
भग्नावशेषमा अझै धेरै मानिसहरूको शव भेटिन सक्ने आकलन गरिएको छ।
युद्धविराम भए पनि इसराइलले विभिन्न बहानामा गजामा आक्रमण गर्दै आएको छ। उसले हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेकोदेखि नियन्त्रण रेखामा इसराइली सेनाको हत्या गरेको आरोप लगाउँदै गजामा हमासलक्षित हमला गरेको थियो।
गजामा दुई वर्षको युद्धमा मारिएको मानिसहरूको तथ्यांकबारे भने इसराइलले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।
इसराइली पक्षले यसअघि गजाबाट आउने मृतकसम्बन्धी तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएको छ, तर उसले आफ्नै आधिकारिक अनुमान पनि सार्वजनिक गरेको छैन।
सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि गाजामा युद्ध सुरु भएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




