हसिनाविरुद्ध १६ वर्षअघिको बिद्रोह र हत्यासँग सम्बन्धि मुद्दा
बंगलादेश। पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा नयाँ फाइल खोलिएको छ। यसअघि मृत्यु दण्ड र २१ वर्षको जेल सजाय भइसकेपछि आइतबार नयाँ फाइल खोलेर उनीमाथि थप अनुसन्धान सुरु गरिएको हो।
सन् २००९ मा बंगलादेश राइफल्स (बीडीआर) का उग्र सैनिकहरूले ढाकाबाट सुरु गरेर देशभर फैलिएको दुई दिने विद्रोहको क्रममा ७४ जना वरिष्ठ सैन्य अधिकारीहरू सहित दर्जनौंको हत्या गरेका थिए। यस घटनाका कारण तत्कालीन हसिनाको सरकारले ठूलो आलोचना खेप्नु परेको थियो।
आयोगको रिपोर्ट अनुसार, तत्कालीन अवामी लीग सरकारको नेतृत्वमा शेख हसिनाले नै हत्याहरूको आदेश दिएको दाबी गरिएको छ। आयोगका प्रमुख एएलएम फजलुर रहमानले प्रेस सम्मेलनमा भनेका छन् कि संसदका पूर्व सदस्य फजले नूर तपोश मुख्य समन्वयक थिए र हसिनाको इसारामा हत्याहरू कार्यान्वयन गर्न हरियो झण्डा देखाइएको थियो।
रिपोर्टमा यो पनि दाबी गरिएको छ कि अनुसन्धानमा विदेशी शक्तिसँग मिलेर काम गरिएको र नरसंहारपछि भारतमाथि देश अस्थिर बनाउने प्रयास गरेको आरोप लगाइएको थियो। रहमानले भने, “बंगलादेशको सेनालाई कमजोर पार्न लामो समयदेखि षड्यन्त्र रचिएको थियो।”
बंगलादेशका अन्तरिम प्रमुख मुहम्मद युनुसले आयोगको रिपोर्ट स्वागत गर्दै देश सन् २००९ को हत्याका कारणहरूबारे लामो समय अन्धकारमा रहेको बताए। उनले भने, “आयोगको रिपोर्टमार्फत अन्ततः सत्य बाहिर आएको छ।”
हाल शेख हसिना भारतमा बसिरहेकी छन् र बंगलादेश सरकारले भारत सरकारलाई उनीमाथि आवश्यक कानूनी कदम चाल्न बंगलादेश फिर्ता पठाईदिन पत्राचार गरिरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्याली
क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको...
टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द
टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज...
सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...
इरानबाट १८ चिनियाँ नागरिकको उद्धार
इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ।...




