कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु
काठमाडौं। तेह्रौँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सोमबारदेखि ललितपुरमा सुरु भएको छ। नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घद्वारा सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनमा सुरु भएको प्रतियोगिता यही मङ्सिर २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालका सात प्रदेश, तीन वटा विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका टोलीबीच प्रतिस्पर्धा हुनेछ।
सोमबार एक कार्यक्रमका बीच पूर्वयुवा तथा खेलकुदमन्त्री विराटभक्त श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत राजदूत पार्क तेइ योङले प्रतियोगिताको शुभारम्भ गर्नुभयो ।
प्रतियोगितामा एक हजार पाँच सय तीस खेलाडीले ग्यरोगी, पुम्से तथा पारा तेक्वान्दो विधामा प्रतिस्पर्धा गर्ने सङले जनाएको छ ।
प्रत्येक दुई वर्षमा हुने यो प्रतियोगिता सन् २००३ मा पहिलोपटक आयोजना गरिएको थियो । प्रतियोगिताका निर्णायकमा नेपाली सेनाका अन्तरराष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकाल रहनुभएको छ ।
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




