खेलकुद

चितवनले साविक विजेता जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले साविक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १७६ रन बनायो।

चितवनका लागि दुवै ओपनरले अर्धशतक प्रहार गरे। डेभिड मलान र अर्जुन साउदबीच पहिलो विकेटका लागि १३।४ ओभरमा ११२ रनमा साझेदारी भयो।

साउदले ३९ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५२ रनको योगदान गरे। उनी यान निकोल लोफ्टी इटनको बलमा सञ्जय कृष्णमूर्तिबाट क्याच भए।

त्यसपछि सइफ जइब ७ र रवी बोपारा ३ रनमै आउट भए। जइबलाई अनिल साहले कृष्णमूर्तिबाट १५औं ओभरको अन्तिम बलमा क्याच गराए। बोपारा १७औं ओभरमा रुपेश सिंहको बलमा पाकिस्तानी खेलाडी माज सदाकतबाट क्याच हुँदै पेभिलियन फर्किए।

१९औं ओभरमा ओपनर मलान ८० रनमा आउट भए। उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। उनी सदाकतको एलबीडब्लूको धरापमा परेका थिए।

अन्त्यमा कप्तान कुशल मल्लले १४ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रनको योगदान दिए।

बलिङमा जनकपुरका सदाकत, अनिल साह, रुपेश सिंह र लोफ्टी इटनले १(१ विकेट लिए।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...