खेलकुद

चितवनविरुद्ध जनकपुरको सानदार जित

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अनुशासनहीन फिल्डिङ गर्दा जनकपुरले २० ओभरमा १७६ रन खर्चिएको थियो । तर, ओपनर माज सदाकत र तेस्रो नम्बरका ब्याटर अनिल शाह दुबैले अर्धशतकीय पारी खेल्दा जनकपुरले १७७ रनको लक्ष्य १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

पछिल्ला चार खेलमा जनकपुरले विपक्षीलाई नतिजा सुम्पिनुको प्रमुख कारणमध्ये एक थियो, कम रनको साझेदारी । मंगलबार अवस्था फरक थियो । अनिल र सदाकतले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । त्यस्तै पावरप्लेमा आक्रमक ब्याटिङ गर्नु जनकपुरको पहिलो जितको अर्को कारण रह्यो ।

पछिल्ला खेलहरुमा सस्तै आउट भइरहेका सदाकतले ३० बलमा ६ चौका र चार छक्कासहित ६३ रनको पारी खेले । त्यस्तै अनिलले ३६ बलमा चार चौका र तीन छक्कासहित ६१ रन बनाए । यसैगरी आसिफ शेख र आदित्य महताले समान १८ रनको योगदान गरे । यान निकोल लफ्टी इटनले ११ रन बनाउँदै पवेलियन फर्किएका थिए ।

चितवनका लागि सोहेल तनवीर, कमलसिंह ऐरि र अमर रौटेलाले समान एक विकेट लिए ।

जनकपुरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा एक विकेट गुमाउँदै ५९ रन जोडेको थियो । आसिफलाई अन्तिम ओभरमा कमलले बोल्ड गरेका थिए ।

१२औं ओभरको पहिलो बलमा कप्तान कुशल मल्लले सदाकतलाई रौटेलाबाट क्याच गराउँदै चितवनलाई ‘ब्रेक थ्रु’ दिलाए । तर, त्यतिबेलासम्म ढिला भइसकेको थियो । स्कोरबोर्डमा १५६ रन हुँदा इटन सेफ जैब र तनवीरको ‘कम्बिनेसन’मा रनआउटको शिकार बने । एक रन जोड्न नपाउँदै अनिललाई तनवीरले कुशलबाट क्याच गराए । १८औं ओभरको तेस्रो बलमा महताले चौका प्रहार गर्दै जनकपुरलाई जित दिलाए ।

त्यसअघि इङ्लिस ओपनर डेविड मलानको ब्याटबाट रन निस्किँदा जनकपुरले १७७ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । टस जितेर ब्याटिङ निर्णय गरेका कप्तान कुशल मल्लको ब्याटबाट पनि अन्तिम ओभरहरुमा रनको वर्षा भयो । फलस्वरुप २० ओभरको समाप्तिमा चितवनले चार विकेट गुमाउँदै १७४ रनको योगफल खडा गर्यो ।

५४ बलमा चार चौका र पाँच छक्कासहित ८० रनको पारी खेलेका मलानलाई उनका ओपनिङ जोडी अर्जुन साउदले गतिलो साथ दिए । साउदले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए । १४ बलको सामना गरेका कुशलले ३० रनको योगदान गरे ।

पछिल्ला चार खेलमा सस्तैमा पवेलियन फर्किएका मलानले दुईपटक जीवनदान पाए । जसको फाइदा मलानले मज्जाले उठाए ।  जनकपुरले नवौं र १४औं ओभरमा मलानको क्याच ड्रप गरेको थियो ।

पहिलो विकेटका लागि अर्जुन र मलानले ११२ रनको साझेदारी गरे । एनपिएल इतिहासमा यो आठौं सर्वाधिक साझेदारी हो । १४औं ओभरमा यान निकोल लोफ्टी इटनले अर्जुनको विकेट लिँदै जनकपुरलाई ब्रेक थ्रु दिलाए । उनी संजय कृष्णमूर्तीबाट क्याच भए । त्यसअघिको बलमा अर्जुनले पनि जीवनदान पाएका थिए । एनपिएलमा मलानसँगै अर्जुनको पनि यो पहिलो अर्धशतक हो ।

स्कोरबोर्डमा १२८ रन हुँदा चितवनले सेफ जैबलाई गुमायो । अनिल शाहको बलमा जैब पनि कृष्णमूर्तीबाटै क्याच भए । जैबले सात रन जोडे । त्यसपछि एनपिएल सिजन २ मा सर्वाधिक रनकर्ताको दौडमा शीर्ष स्थानमा रहेका रवी भोपारा तीन रन बनाउन नपाउँदै पवेलियन फर्र्किए । रुपेश सिंहको बलमा भोपारा माज सदाकतबाट क्याच भए । १५६ रन हुँदा सदाकतले मलानलाई एलबिडब्लुको शिकार बनाए ।

कुशल र छैटौं नम्बरका ब्याटर अमर रौटेलाले पाँचौं विकेटका लागि २० रनको साझेदारी गरे ।

हारसँगै पाँच खेलमा चार अंक जोडेको चितवनको प्लेअफ सम्भावनामा धक्का पुगेको छ । अब चितवनले बाँकीका दुई खेल जित्नु त पर्यो नै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

 

 

अनिलको कप्तानीमा जनकपुरले सुरुवाती तीन खेलमा हार व्यहोरेपछि चौथो खेलमा दक्षिण अफ्रिकी बलर वायन पार्नेललाई जनकपुरले कप्तान बनाउँदै अनिललाई ड्रप गरेको थियो ।

कप्तानीमा पार्नेल नै निरन्तरता पाउदा अनिलले पाँचौ खेलमा वान डाउनमा ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

माज सदाकत र आसिफ शेखले पहिलो विकेटका लनगि ४५ रनको साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुवात दिलाएका थिए । आसिफ १७ बलमा १८ रन बनाएर छैटौं ओभरमा आउट भए ।

त्यसपछि माजले अनिल मल्लसँग दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । माज र अनिलले ७९ रनको साझेदारी गरेका थिए ।

आदित्य महताले ७ बलमा २ चौका र १ छक्का मद्दतमा अविजित १८ रन जोडे ।

बलिङमा चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १-१ विकेट लिए ।

मालान र अर्जुनको शतकीय साझेदारी

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविड मालानको उत्कृष्ट ब्याटिङमा २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।

चितवनक लागि मालान र अर्जुन साउदले पहिलो विकेटका ११२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए ।

चितवनले नियमित ओपनर दीपक बोहरालाईलाई ड्रप गर्दै आज अर्जुन साउदलाई डाविड मालानसँग ओपनिङ गराएको थियो । जुन फलदायी भयो ।

मालान र अर्जुनले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । दुवै ओपनरले अर्धशतक पनि प्रहार गरे ।

यस सिजन चौथो शतकीय साझेदारी थियो भने पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । यस्तै पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी पनि हो ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...