पोखराको `प्लेअफ´ सम्भावना कायमै, कर्णाली बाहिरियो
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले दुई विकेटको क्षतिमा २०१ रन बनाएको थियो। २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा समेटियो।
पोखराका लागि एडम रोसिङटनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका थिए। उनले ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै १०८ रनमा अविजित रहे। यो जारी सिजनको दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए।
पोखराका धनञ्जय लक्षणले २३ र कप्तान कुशल भुर्तेलले १८ रन जोडे। कर्णालीका लागि मार्क वाट र नन्दन यादवले समान १-१ विकेट लिए।
कर्णालीका वाटले ५९, नजिबुल्लाह जड्रानले २४, पवन सर्राफले १९, प्रियांक पन्चालले १६, सोमपाल कामीले १३ रन बनाएका थिए।
पोखराका धनञ्जय लक्षण र ऋषि धवनले ३-३ विकेट लिए। किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान १-१ विकेट लिए।
यो हारसँगै कर्णाली प्लेअफ बाट बाहिरिएको छ। कर्णालीले अब आइतबार हुने लिगकै अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग खेल्नेछ।
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




