सन्दीपको अन्तिम छक्काले लुम्बिनीमाथि विराटनगरको १४५ रनको लक्ष्य
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४५ रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनायो ।
विराटनगरका लागि लोकेश बमले ३५ रन बनाउनुभयो । उहाँले ४२ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । यस्तै बसिर अहमदले २८, साम हिजलेटले २७, प्रतिश जिसीले ११ र मर्सेन्ट डे लन्जले १० रन बनाउनुभयो । अन्तिममा एक बल खेल्नुभएका सन्दीप लामिछानेले एउटा छक्का हान्नुभयो ।
आजै पहिलो खेल खेल्नुभएका फाफ डुप्लेसी १२ रनमा आउट हुनुभयो । ओपनिङमा खेल्नुभएका डुप्लेसी खासै चल्न सक्नुभएन । बलिङमा लुम्बिनीका लागि शेर मल्लले तीन विकेट लिनुभयो । यस्तै अविशेष गौतम, जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक एक विकेट लिनुभयो ।
यसअघि विराटनगरले पाँच खेलबाट आठ अङ्क बनाएको छ । लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




