खेलकुद

एनपिएलमा आज दुई खेलः काठमान्डुले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्।

पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ।

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्। सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

सम्बन्धित समाचार

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...