अर्थ

कान्ति लोकपथ शनिबारदेखि दैनिक छ घण्टा बन्द हुने

हेटौँडा। हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा मङ्सिर २० गते शनिबारदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथका विभिन्न भागमा सडक फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन लागि शनिबारदेखि अर्थात् मङ्सिर २० गतेबाट ६० दिनसम्म बिहान ११ देखि अपराह्न ५ बजेसम्म सवारी साधन आउजाउ गर्न रोक लगाएको हो ।

कान्ति राजमार्ग सडक आयोजना एकान्तकुनाद्वारा जारी सूचनामा कान्ति लोकपथको विभिन्न भागमा सडक कटिङ गर्नु पर्ने र पहिरो पन्छाउनु पर्ने भएकाले दैनिक छ घण्टा सडकमा सवारी साधन आउजाउ गर्न रोक लगाएको उल्लेख गरेको छ ।

कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...