खेलकुद

आलाम चम्किदा काठमाडौं प्लेअपमा, हार्यो पोखरा

काठमाडौं : साहव आलमको धारिलो बलिङका कारण पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजले १३ रनको जित हात पारेको छ। काठमाण्डुले दिएको १६६ रन पछ्याएको पोखराले सबै विकेट गुमाएर १५२ रन बनायो।

पोखराका लागि रिषी धमलाले सर्वाधिक ५४ रन बनाए पनि जितका लागि पर्याप्त भएन। एडम रोसिङ्टोन५ , जोसन रोय१६, ट्रित राज दास ९ , कुशल भूर्तेल२२, धनन्जय लक्षण ३० , किरण ठगुन्ना ५ रनमा आउट भए।

काठमाण्डुका लागि आलमले ६ विकेट लिए भने कप्तान करण केसी र सन्नी पटेलले समान दुई दुई विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले ८ विकेट गुमाएर १६५ रन बनायो। काठमाण्डुका लागि बेन चार्ल्सले सर्वाधिक ६४ रन बनाए भने भीम सार्कीले २३ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिए।

मिलिन्द कुमार १३, जोन सिम्पसन २, मोहम्मद आदिल अन्सारी र रसिद खानले समान ७/७ रन बनाउँदा करण केसी ४ रनमा आउट भए। आकाश त्रिपाठी शून्यमै पेभेलियन फर्किए।

पोखराका लागि धन्नजय लक्षणले चार कुशल भूर्तेलले दुई, विपिन खत्री र किरण ठगुन्नाले समान एक एक विकेट लिए। यस अगाडि पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब थियो।

सम्बन्धित समाचार

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...