सुदूरको अपराजित यात्रा कायमै, फेरि हार्यो चितवन
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा अपराजित यात्रा कायमै राखेको छ । आफ्नो छैटौं खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो ।
सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रनमा अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए पनि जित दिलाउन सकेनन् ।
देव खनाल २८, अर्जुन साउद १६, डेविड मलान ६, सैफ जैव ६, कप्तान कुशल मल्ल १५, अमर रौटेला ९, जर्ज स्क्रिम्श ०, कमलसिंह ऐरी ६ र रिजन ढकाल २ रनमा आउट भए । रञ्जित कुमार १ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका पुनित मेहराले ३, कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले एक/एक विकेट लिए।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । उनी रिटाइर्ड हर्ट भए । लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवै २४–२४ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक/एक विकेट लिए । चितवनले एनपीएल–२ मा चौथो हार बेहोरेको छ । यो हारसँगै प्लेअफमा पुग्ने चितवनको सम्भावनामा कठिन बनेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




