भारू रकम एक सयभन्दा ठूला नोट पनि नेपालमा खुला गर्न अनुमति
काठमाडौँ। नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ।
सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपियाँभन्दा ठुला नोट प्रतिबन्ध लागेको थियो । भारतीय रिजर्भ बैङ्कले त्यहाँको राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाल र भुटानमा एकभन्दा ठुला दरका भारतीय नोट प्रचलनमा ल्याउन पाउने सूचित गरेको हो । सूचना अनुसार अब नेपाली तथा भारतीय नागरिक नेपाल–भारत आवतजावत गर्दा २५ हजार भारुसम्म नगदै एक सयभन्दा ठुला नोट ल्याउन लैजान पाउने छन् ।
यसले गर्दा भारतीय पर्यटक, भारतमा रहेका नेपालीले नेपाल आउँदा २५ हजार रुपियाँसम्म ठुला भारु नोट नेपाल ल्याई प्रचलनमा ल्याउन सक्ने छन् । त्यस्तै नेपालमा रहेका भारतीय नागरिक, भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीले पनि यस्तो नगद साथै लैजान पाउने छन् ।
भारतमा राजपत्रमा यो सूचना आएसँगै अब नेपाल राष्ट्र बैङ्कले भारतीय ठुला नोट प्रचलनमा ल्याइएको औपचारिक जानकारी गराएपछि कार्यान्वयनमा जाने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । “भारतको राजपत्रमा यस्तो सूचना आइसकेको छ, यसलाई नेपालमा कार्यान्वयन गराउन राष्ट्र बैङ्कले औपचारिक रूपमा सूचना निकाल्छ,” उहाँले भन्नुभयो ।
भारतले ठुला दरका नोट प्रचलन अनुमति दिए पनि विगतमा नोटबन्दीमा परेका ठुला नोट भने चल्तीमा आउने छैनन् । सन् २०१६ को नोटबन्दीका कारण नेपालको औपचारिक वित्तीय प्रणालीमा रहेको करिब आठ करोड रुपियाँ बराबरको भारु नोट चलाउन भने नपाइने उहाँले बताउनुभयो । “भारतको यो सूचनाले नोटबन्दीमा परेका नोट चलाउन मिल्ने भनेको होइन, सर्वसाधारणले यो बुझ्न जरुरी छ,” उहाँले भन्नुभयो, “कतिपय नागरिकले पुराना नोट राखेका हुन सक्छन् तर त्यो चलाउन मिल्दैन ।” यो अवस्थाले विदेशी मुद्रा व्यक्तिले सञ्चित गर्नु हुँदैन भन्ने पाठ सिक्न जरुरी रहेको उहाँले बताउनुभयो ।
ताजा अपडेट
-
१.
रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं
-
२.
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
-
३.
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
-
४.
इरानको आक्रमणमा परी ओमानमा मारिए एक भारतीय नागरिक
-
५.
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...
सुनको भाउ फेरि बढ्यो
काठमाडौँ। सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख...
कालिमाटीमा कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...




