खेलकुद

जनकपरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको हो ।

जनकपुरका लागि संगीत कुरेले नटआउट सर्वाधिक ४५ रन बनाउनुभयो भने मयन यादव २७ रन थप्नुभयो । ओपनर आशिफ शेखले २० रन जोड्दा सञ्जय कृष्णमूर्तिले १४ रन बनाउनुभयो।

जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुईदुई विकेट हात पार्दा रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एकएक विकेट हात पर्नुभयो ।

 

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नुपर्ने दबाब छ । आजको खलमा लुम्बिनी विजयी भए एनपिएलको यो सिजनाबाट पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । आजको खेलमा जनकपुर विजयी भए अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ ।

त्यसपछि अन्तिम खेल बाँकी भएकाले कर्णालीबाहेक सबै टोलीको प्लेअफ सम्भावना जीवित रहने छ । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ ।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...