खेलकुद

जनकपुरमाथि लुम्बिनीको जित, प्लेअप पुग्ने चारै टोलीको लाग्यो टुंगो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् ।

कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको बनाएको थियो। १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले चार विकेटको महत्त्वपूर्ण जित निकालेको हो ।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउनुभयो । डार्सी सटले ३० रन बनाउँदा जेजे स्मिृतले रन थप्नुभयो भने निरोशन डिकवेलाले १७ रन जोड्नुभयो ।

जनकपुरका लागि संगीत कुरेले तीन विकेट लिँदा मयन यादवले दुई विकेट हात पार्नुभयो ।

सुरुमा ब्याटिङ गरेको जनकपुरका लागि सङ्गीत कुरेले नटआउट सर्वाधिक ४५ रन बनाउनुभयो भने मयन यादव २७ रन थप्नुभयो । ओपनर आशिफ शेखले २० रन जोड्दा सञ्जय कृष्णमूर्तिले १४ रन बनाउनु भएको थियो ।

जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुई, दुई विकेट हात पार्दा रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एकएक विकेट हात पार्नु भयो ।

सात खेलबाट आठ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्ने अन्तिम टिम बनेको हो ।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...