गाईको पेटबाट निकालियो किलाकाँटी
फिदिम। पाँचथरको फिदिममा अप्रेसन नगरी नै गाईको पेटबाट किलाकाँटी र फलामका टुक्रा निकालिएको छ । फिदिम नगरपालिका २ का किसान कृष्ण ओझाले पालेको गाईको पेटबाट झण्डै एकसय ग्राम किलाकाँटी र फलामका टुक्रा निकालिएको हो ।
कुँडो, घाँस र खानेकुरा खाँदा निलिएका ती किलाकाँटी मुखबाट चुम्बकीय यन्त्र छिराएर तानिएको उपचारमा संलग्न पशु चिकित्सक पुष्प नेपालीले जानकारी दिनुभयो ।
केही महिना यता गाई दुब्लाँउदै जानुका साथै दाना कम खाने, जीउ नलाग्ने, उठन र हिँड्न अफ्ठेरो मान्ने जस्ता लक्षण देखिन थालेपछि समस्या पहिचान गर्न पशु चिकित्सक बोलाइएको थियो।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट गएका पशु प्राविधिक पुष्प नेपालीसहितको टोलीले मेटल डिटेक्टर मेसिनबाट पेट भित्र फलाम रहेको पत्ता लगाएको थियो । त्यसपछि मुखबाट मेटल एसट्राक्टर ९फलाम तान्ने धातु० छिराएर त्यहाँ भित्र रहेका किलाकाँटी झिकिएको नेपालीले बताउनुभयो।
ताजा अपडेट
-
१.
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
-
२.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
३.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
४.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
५.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




