राजनीति

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बतााउनुुभएकोछ।

शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताउनुभएको हो।

अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उहाँले बताउनुभयो। ओलीले अब पूराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिँदै निर्वाचनपछि पनि पूराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गर्नुभयो। ओलीले यसबीचमा एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पार्नुभयो। उहाँले एमालेबिरुद्ध जस्तोसुकै हमला भए पनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिगमततर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो। अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताउनुभयो।

सम्बन्धित समाचार

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...