सिटी सफारी चालकको गोली हानी हत्या : दुई महिनापछि सात जना पक्राउ
इनरुवा। सुनसरीको रामधुनी नगरपालिकामा भएको हत्या घटनाका आरोपितलाई प्रहरीले करिब दुई महिनापछि सात जनालाई पक्राउ गरेको छ । सिटी सफारी चालक रामधुनी नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय दिनेशकुमार चौधरीलाई गत असोज २५ गते गोली प्रहार गरी हत्या गरिएको थियो ।
अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले थालेको अनुसन्धानको दुई महिनापछि सिटी रिक्सा चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो ।
हत्या आरोपमा जिल्लाको रामधुनी नगरपालिका–१ झुम्काका ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह, राजविराज–९ आँखा अस्पताल छेउ बस्ने २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ निवासी ३४ वर्षीय मोहमद इब्रान मियाँ, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाउँपालिका–५ का २५ वर्षीय मिथलेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।
गत असोज २५ गते शनिबार राति जिल्लाको रामधुनी नगरपालिका–२ मा रहेको शिवनगर–झुम्का जाने नहरको कर्मनिया टोलस्थित भित्री सडक खण्डमा योजनाबद्ध रुपमा १–०२–००४ ह ७८०४ नम्बरको सिटी चालक चौधरीमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
तराईमा आज मनाइँदैछ होली
नवलपरासी। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका...
रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं
काठमाडौं। रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा हुँदा गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार...
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
बागलुङ । मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प...




