राजनीति

एनसेलको विवाद चाँडो समाधान हुन्छ : सञ्चारमन्त्री

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताउनु भएको छ ।

नक्खुस्थित एनसेल कार्यालयको सोमबार अवलोकनका क्रममा मन्त्री खरेलले एनसेलको शेयरसम्बन्धी विवाद, भुक्तानी दायित्वलगायत सबै विवाद चाँडो समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“राज्य र नागरिकको नजरमा एनसेलको विजनेस सम्मानित हुनु पर्‍याे, जति पनि विवाद छन् तीनको समाधान गरेर क्लिन विजनेस र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु । क्लिन विजनेसका लागि सरकारको साथ सहयोग रहन्छ ।”

सञ्चारमन्त्री खरेलले एनसेलको क्षतिको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताउनु भयो । “केही नीतिगत समस्या छन्, केही विवादहरू पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनु पर्छ भन्नेमा सरकार विश्वस्त छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

मध्यरातबाट सुरुभयो मौनअवधि

मध्यरातबाट सुरुभयो मौनअवधि

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...

निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा

निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...