विराटनगर र सुदूरपश्चिमबीचको क्वालिफायरको खेल आज
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुनेछ। लिग चरणमा शानदार प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ। आजको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र काठमान्डु गुर्खाज मध्य एक टोलीसँग खेल्नुपर्नेछ।
उत्कृष्ट सुरुवातका बाबजुद बीचमा लय छोडे पनि अन्तिम खेलमा सम्हालिएको विराटनगर अर्को बलियो दाबेदार हो।
राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबीचको खेललाई जारी संस्करणको हाईभोल्टेज खेलका रूपमा समेत हेरिएको छ। तीन दिनअघि मात्रै भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो।
गत संस्करण जस्तै यसपटक पनि सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा रहेर प्लेअफ खेल्दैछ। सुरुवाती ६ खेलसम्म अपराजित सुदूरपश्चिम लिग चरणको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भयो। जारी प्रतियोगितामा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको सुदूरपश्चिमले अन्तिम खेल बाहेक बाँकी ६ वटामा प्रभावशाली प्रदर्शन गर्यो।
विनोद भण्डारी र क्रिस लिनले सुरुवातीक्रम सम्हाल्दा दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे आरिफ शेख र हर्मित सिंहले तल्लोक्रमसम्म टोलीको ब्याटिङ मजबुत बनाए। दीपेन्द्र, स्कट कुगेलिइन र हर्मितको अलराउण्ड प्रदर्शन सुदूरपश्चिमको बलियो पक्ष रहेको छ। प्लेअफमा क्रिस लिन र जोश ब्राउन हुने छैनन्। उनीहरुको स्थानमा अमेरिकी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसन खेल्नेछन्।
विदेशी खेलाडीले मात्र होइन सुदूरपश्चिममा घरेलु खेलाडीको प्रदर्शन पनि लयमा देखिएको छ। सर्वाधिक रन बनाउने र विकेट लिनेमा खेलाडीको शीर्ष ५ मा सुदूरपश्चिमका खेलाडी छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




