वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरूलाई निर्देशन दिनुभयो।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम समस्याका विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गरेकी प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो।
“म्यानपावर व्यवसायी मोटाउने काम मात्र नगरौँ। म्यानपावरलाई सचेत गराउनुपर्यो। अलपत्र पार्न भएन”, उहाँले भन्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




