एमाले सचिवमा पूर्वमन्त्री भगवती न्यौपानेको चर्चा
काठमाडौँ। नेकपा एमालेको ११ औँ महाधिवेशन आउन केही समय मात्र बाँकी छ। नेतृत्वको विषयमा एमालेमा रस्साकस्सी चलिरहेको छ। नेताहरू समूहगत रूपमा उठ्ने तयारी गरिरहेका छन्। अध्यक्षमा संस्थापनबाट केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने तयारी गर्नुभएको छ। यसबाहेक अन्य पदमा धेरैभन्दा धेरै आकांक्षी छन्। महासचिवमा पनि ६ जनाभन्दा बढीको आकांक्षा छ। यसैबीच एमाले सचिवमा पूर्वमन्त्री भगवती न्यौपानेको पनि चर्चा भइरहेको छ।
यसअघि ओली प्रधानमन्त्री बन्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नुभएको थियो। तर जेनजी आन्दोलनका कारण लामो समय मन्त्री पद चलाउन पाउनुभएन। उहाँले छोटो समयमा पनि उल्लेखीय काम गर्नुभएको थियो। उहाँले लामो समय एकै ठाउँ रहेका २०० निमित्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नुभएको थियो। यसका अलावा लामो समय दुर्गममा रहेका कर्मचारीहरूलाई पनि सुलभ क्षेत्रमा सरुवा गरेर चर्चा कमाउनु भएको थियो।
अब भने पार्टी राजनीति नै गर्ने तयारी न्यौपानेको रहेको एमालेका एक नेताले बताउनुभयो। यसअघि एमालेको केन्द्रीय सदस्य रहनुभएको उहाँ राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ। यद्यपि न्यौपानेले भने आफ्नो आकांक्षाबारे मुख खोल्नु भएको छैन। केही नेताहरूले भने महिला प्रतिनिधित्वका लागि पनि न्यौपानेलाई एमाले पदाधिकारीमा उठाउनुपर्ने बताउन थालेका छन्।
ताजा अपडेट
-
१.
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
-
२.
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
-
३.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
४.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
५.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...




