११ औँ राष्ट्रिय महाधिवेशन विचार, दिशा र नेतृत्व निर्माण गर्ने ऐतिहासिक तथा निर्णायक मञ्च : लेखराज भट्ट
काठमाडौं। नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन विचार, दिशा र नेतृत्व निर्माण गर्ने ऐतिहासिक तथा निर्णायक मञ्च रहेको स्पष्ट गर्नु भएको छ ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले महाधिवेशन तयारीका सबै जिम्मेवारीहरू तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मञ्च, खाद्य तथा प्रचार व्यवस्थापन समितिहरूले आ–आफ्नो प्रगति विवरण पेस गरिसकेका छन् । ‘तयारी लगभग पूरा भइसकेको छ, बाँकी रहेका कामहरू पनि अन्तिम चरणमा पुगेका छन्,’ उहाँले बताउनुभयो ।
खाद्य व्यवस्थापनको प्रमुख जिम्मेवारीसमेत सम्हालिरहनुभएका सचिव भट्टका अनुसार हजारौँ प्रतिनिधि तथा सहभागीहरूलाई सुव्यवस्थित सेवा–सुविधा उपलब्ध गराउने तयारी निरन्तर अघि बढिरहेको छ । नेतृत्वप्रति आकाङ्क्षा तथा इच्छाहरू महाधिवेशनको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उहाँले यही प्रक्रियाबाट पार्टीको भावी दिशा र नेतृत्व तय हुने स्पष्ट पार्नु भयो । हालै सम्पन्न विधान महाधिवेशनले राष्ट्रका भावी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदका लागि केपी शर्मा ओलीलाई नै अनुमोदन गरिसकेको तथ्य स्मरण गराउँदै उहाँले विचार र सिद्धान्तको आधारमा नेतृत्व चयन हुने बताउनुभयो । साथै, देशले भोगेको जेनजी आन्दोलनको गम्भीर समीक्षा आवश्यक रहेको उहाँको टिप्पणी छ । ‘उद्देश्य, लक्ष्य बुझ्न आवश्यक छ, ऐतिहासिक रूपमा सही मूल्याङ्कन हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...




