महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गरौँ : प्रदीप ज्ञवाली
काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलगअलग आयोजना गर्ने व्यवस्थाको तात्त्विक महत्त्व स्पष्ट पार्दै आसन्न महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।
एकै मञ्चमा नीति र नेतृत्वको निर्णय हुँदा नीतिगत बहस ओझेलमा पर्ने तथा नेतृत्वप्रति ध्यान केन्द्रित हुने हुँदा नीतिमाथि प्रत्यक्ष प्रभाव पार्ने विगतका अनुभवहरूको आधारमा दुवै महाधिवेशनलाई पृथक् रूपमा गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उहाँले विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयनका लागि हुने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक नहुने स्पष्ट पार्दै दुई महाधिवेशनका बिचमा उत्पन्न हुन सक्ने राष्ट्रिय राजनीतिक परिवर्तनका विषयमा आवश्यक नीति संशोधन गर्ने अधिकार महाधिवेशनले केन्द्रीय कमिटीलाई नै प्रदान गरेको उल्लेख गर्नुभयो । ‘हरेक घटना र परिस्थितिका लागि महाधिवेशन बोलाउन सम्भव हुँदैन, त्यसैले नीति अद्यावधिक गर्ने प्रक्रिया केन्द्रीय कमिटीमार्फत अघि बढ्छ,’ उहाँले बताउनुभयो ।
सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक र गलत साबित भएको स्मरण गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक निर्णय महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीबाट लिनुपरेको परिस्थिति त्यसको उदाहरण भएको उल्लेख गर्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मध्यरातबाट सुरुभयो मौनअवधि
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...




