राजनीति

इलाम २ बाट कांग्रेसबाट पूर्वमन्त्रीदेखि संविधान सभा सदस्यसम्म प्रतिनिधिसभाका आकांक्षी

काठमाडौं।नेपाली कांग्रेस इलामले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ ।

पार्टीको क्षेत्र नम्बर २ कार्यसमितिको बुधबारको बैठकले महासमिति सदस्य भेषराज आचार्यलाई एक नम्बरमा सिफारिस गरेको छ ।

यसैगरी, पूर्वराज्यमन्त्री केशव थापा र संविधानसभा सदस्य नगेन्द्र कुमालको पनि नाम सिफारिस गरिएको छ ।

‘यी नाम प्राथामिकताकासाथ सिफारिस गरिएको हो’, क्षेत्रीय कार्यसमिति बैठकको निर्णयमा भनिएको छ‚‘प्राथामिकता बाहेक अन्य व्यक्तिहरूले पनि मन गर्नुभएकाले ईश्वर चिपालु र रमेश लिङ्देनको नाम पनि सिफारिस गरिएको छ ।’

पार्टीले समानुपातिकतर्फ महासमिति सदस्य प्रेमिका राना मगर र अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष माधव चौलागाईंलाई सिफारिस गरेको छ ।

‘धनमाया बराईली‚ सुजता परियार र भुवानी शमशेर राईले पनि मन गर्नुभएकोले सिफारिस गरिएको छ‚’ माइन्युटको निर्णयमा लेखिएको छ ।

बैठकले राष्ट्रियसभा सदस्यका लागि पूर्वजिल्ला सभापति हिमालय कर्मचार्यको नाम एकल सिफारिस गरेको छ ।

 

सम्बन्धित समाचार

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...