राजनीति

सरकार-जेनजीबीच सहमति, के के छन् सहमतिका बुँद्धाहरू?

नेपाल सरकार र ‘जेनजी’आन्दोलनका प्रतिनिधिहरूबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सहमतिपत्रका मुख्य बुँदाहरू यसप्रकार छन्:
१. सहिद घोषणा र राहत
आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूलाई सहिद घोषणा गरिनेछ। सहिद परिवार र घाइतेहरूको निःशुल्क उपचार, क्षतिपूर्ति, शिक्षा, रोजगारी तथा सामाजिक सुरक्षाको जिम्मा राज्यले लिनेछ।
. घटनाको उच्चस्तरीय छानबिन
भदौ २३ र २४ गते भएको दमन र हिंसाको निष्पक्ष छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गरिनेछ। बल प्रयोग गर्ने र मानवअधिकार उल्लङ्घन गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइनेछ।
. भ्रष्टाचार र दलीयकरणको अन्त्य
सार्वजनिक संस्थाहरूमा हुने दलीय भागबन्डा र नियुक्ति अन्त्य गर्न आयोग गठन गरिनेछ। राजनीतिक दल र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरिनेछ।
. निर्वाचन प्रणालीमा व्यापक सुधार
नो भोट : मतपत्रमा कसैलाई पनि भोट दिन्न भन्ने विकल्प राखिनेछ।
विदेशबाट मतदान: विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गरिनेछ।
प्राइमरी इलेक्सन: दलभित्र उम्मेदवार छान्न आन्तरिक प्रतिस्पर्धा अनिवार्य गरिनेछ।
उम्मेदवारको योग्यता: २१ वर्ष पूरा भएको नेपाली नागरिक उम्मेदवार बन्न पाउने व्यवस्था गरिनेछ।

सम्बन्धित समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...