अर्थ

घट्यो नेप्से

काठमाडौं। सेयरबजारमा सूचक र कारोबार दुवै सुस्त देखिएको छ। बिहीबार सूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ भने कारोबार रकम पनि साढे ३ अर्ब मात्रै छ।

कुल ७७ लाख कित्ता बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो।नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९८ वटा सेयर बढ्दा १४९ वटा घटेका र ११ वटा अघिल्लो मूल्यमै किनबेच भएका छन्।

स्वस्तिक लघुवित्तका सेयरधनीले आज पनि १० प्रतिशत कमाएका छन् भने एसवाई प्यानलका लगानीकर्ताले ९.९८ प्रतिशत आर्जन गरेका छन्। अन्य सेयरहरु कम दरले बढेका छन्।

त्यसैगरी आज मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक ८.४२ प्रतिशत गुमाएका छन्। सर्वाधिक कारोबार १८ करोडको मात्र छ। ङादी ग्रुप पावरको १८ करोड ९७ लाखको कारोबार भएको हो।

सम्बन्धित समाचार

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...

दुई फर्मलाई नगद जरिवाना

दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ। नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद...