धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लियो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभएको छ ।
नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने ठान्न चेतावनी दिनुभएको छ । एमालेको महाधिवेशनमा उपस्थित जनसागर सागरको एक थोपा मात्र भएको ओलीले बताउनुभयो। नागरिकको यो उपस्थित लोकतन्त्र र एमाले प्रतिको जनविश्वास भएको ओलीले बताउनुभयो । ‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ’, उहाँले भन्नुभयो ।
एमाले जस्तो लोकतन्त्र र जनताको हितमा समर्पित शक्तिलाई निर्णायक शक्ति बनाउनु पर्ने ओलीले बताउनुभयो । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्य तर्फ नेकपा एमाले अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
एमालेको सङ्कल्प कुनै राजनीतिक स्टनबाट नभएर साकार पार्न गरिएको प्रतिबद्धता भएको बताउनुभयो । देशमा सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएका र दिने उहाँले दाबी गर्नुभयो ।
उहाँले कम्युनिष्ट पार्टी जति बलियो भयो त्यति नै राष्ट्रियता बलियो हुने बताउनुभयो । आठ दशकको गौरवशाली यात्रामा नेपालको कम्युनिष्ट पार्टीले केही गौरवमय मानक स्थापित गरेको बताउनुभयो ।
नेकपा एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुवाती अभियन्ता भएको उहाँले बताउनुभयो । एमालेको कारण नागरिकहरूले जीवनको आधार भएको ओलीले दाबी गर्नुभयो ।
एमाले समावेशिताको अगुवा भएको बताउँदै उहाँले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशितालाई स्थापित गरेको उहाँले बताउनुभयो । नेकपा एमाले नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता भएको ओलीले स्पष्ट पार्नुभयो । एमाले गाउँमुखी र जनसहभागिता मूलक विकास तथा ठुला विकास योजनाको अभियन्ता समेत भएको ओलीले बताउनुभयो । नेकपा एमाले स्वप्नद्रष्टा पार्टी समेत भएको उहाँले दाबी गर्नुभयो ।
ताजा अपडेट
-
१.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
२.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
३.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
४.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
५.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...




