खेलकुद

सुदूरपश्चिम जस्तो टोलीलाई त्यति रनमा रोकिन्छ भन्ने लागेको थिएन ; रोहित पौडेल

काठमाडौं। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिमलाई सहजै हराएर उपाधि जितेकोमा खुसी व्यक्त गर्नुभएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साविक उप-विजेता सुदूरपश्चिमलाई हराएर उपाधि जितेपछि सञ्चारकर्मीहरूसँग रोहितले खुसी व्यक्त गर्नुभयो।

उहाँले आजको खेलमा सुदूरपश्चिमलाई ८५ रनमै रोक्न सकिन्छ जस्तो नलागेको बताउनुभयो । ‘सुदूरपश्चिमजस्तो टिमलाई ८५ रनमा रोक्न सकिन्छ भनेर सोचेका थिएनौँ’, उहाँले भन्नुभयो ‘त्यस्तै १४०-५० रनमा रोक्न सकेमा राम्रो हुन्छजस्तो लागेको थियो ।’

उहाँले खेलको पहिलो ओभरमा नै रुविन ट्रम्पलम्यानले विकेट लिएपछि टोलीमा आशा बढेको र आफूले ह्याट्रिक गरेपछि सुदूरपश्चिम पूरै दबाबमा परेको बताउनुभयो। उहाँले आजको खेलमा रुविनसँगै शेर मल्ल, तिलक भण्डारी र दिनेश अधिकारीले राम्रो प्रदर्शन गरेको बताउनुभयो ।

यद्यपि, रोहितले जारी प्रतियोगितामा आफूले व्यक्तिगत रूपमा सन्तुष्ट हुने गरी खेल्न नसकेको बताउनुभयो।

पौडेलले एनपीएलको यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेर कार र बाइक जित्नुभयो। उहाँ सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बन्नुभयो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...