राजनीति

लम्बियो एमालेको महाधिवेशन, पुस १ मा मतदान

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले पुस १ गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार आज (आइतबार) बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन, भोलि (सोमबार) मतदाता नामावली उपर दाबी विरोध/सुधार, दाबी विरोध उपर छानबिन र निर्णय गरिनेछ।

सोही दिन नै उम्मेदवारको दरखास्त फारम वितरण, दर्ता, प्रारम्भिक नामावली प्रकाशक, उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

आयोगका अनुसार पुस १ गते बिहान ११ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भइरहेको छ।

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...