राजनीति

एमाले महाधिवेशन : ओली प्यानलबाट उठ्ने यी हुन् पदाधिकारीका उम्मेदवार

काठमाडौँ। एमालेको ११औँ महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ताको तयारी भइरहेको छ। नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने नेताहरू टीम निर्माणमा लागेका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन्। ओली र पोखरेल दुवैले आ(आफ्नो प्यानल बनाउन गृहकार्य गरिरहेका छन्।

तेश्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएका ओलीले आफ्नो प्यानलको करिब टुंगो लगाएका छन्। ओलीनिकट स्रोतका अनुसार उपाध्यक्षहरुमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने तयारी भएको छ।

महासचिवमा शंकर पोखरेल दोहोरिनुभएको छ। उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमाल तथा सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार हुने निश्चित छ।

उम्मेदवारी दर्ता गर्ने बेलासम्म यो टीमलाई अन्तिम रुप दिइने ओली निकट एक नेताले बताए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको टीम केहीबेरमा घोषणा गर्ने तयारी छ ।

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...