एमाले ११औँ महाधिवेशनः सचिव पदमा शेरधन राईको उम्मेदवारी, ओली नेतृत्वलाई निरन्तरताको पक्षमा
काठमाडौँ । नेकपा (एमाले) का नेता शेरधन राईले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिनुभएको छ। उहाँ अध्यक्ष केपी शर्मा ओलीको समूहबाट सचिव पदको दाबेदारका रूपमा मैदानमा उत्रिनुभएको हो।
खबरसेवासँग कुराकानीमा नेता राईले पार्टीभित्र निरन्तर सङ्गठन निर्माण र जिम्मेवारी वहन गर्दै आएको एक इमान्दार कार्यकर्ताका रूपमा आफू सचिव पदको स्वाभाविक उम्मेदवार भएको बताउनुभयो। देशभरका कार्यकर्ता तथा प्रतिनिधिहरूले आफूलाई पदाधिकारीका रूपमा चाहिरहेको अवस्थालाई आत्मसात् गर्दै उम्मेदवारी दिएको उहाँको भनाइ छ।
“देश अहिले गम्भीर सङ्कटको अवस्थामा छ। यस्तो परिस्थितिमा मुलुकलाई निकास दिन नेकपा एमाले बलियो, शुद्ध र सुदृढ राष्ट्रिय शक्तिका रूपमा स्थापित हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि इमान, निष्ठा, त्याग र दृढतासहित उभिन सक्ने नेतृत्व आवश्यक छ, र म त्यो जिम्मेवारी लिन तयार छु।”
अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा किन फेरि अघि बढ्ने भन्ने प्रश्नमा नेता राईले वर्तमान राष्ट्रिय परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य रहेको तर्क गर्नुभयो। उहाँका अनुसार राष्ट्रियता, लोकतन्त्र, संविधान र स्वाधीनतामाथि चुनौती बढिरहेका बेला ठोस रूपमा बोल्न र नेतृत्व गर्न सक्ने पहिलो पुस्ताको नेता केपी शर्मा ओली नै हुनुहुन्छ।
“आज एमालेमा मात्र होइन, देशमै केपी शर्मा ओलीको नेतृत्वको आवश्यकता छ,” उहाँले भन्नुभयो, “उहाँको नेतृत्वमा नयाँ पुस्ताका नेताहरू निर्वाचित भएर वर्तमान सङ्कटको सामना गर्दै मुलुकलाई सही दिशामा लैजान सकिन्छ।”
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




