एमाले महाधिवेशन: ओलीलाई कति समय लाग्यो मतदान गर्न?
काठमाडौं । नेकपा एमालेले नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिष्पर्धामा उत्रिएका छन् भने महासचिवमा शंकर पोखरेर र सुरेन्द्र पाण्डे प्रतिष्पर्धामा छन्।
बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि कम्तिमा पनि एक घण्टा ढिला गरी सुरु भएको थियो । अहिले प्राविधिकहरुले दिएको जानकारीअनुसार अध्यक्षका उमेदवारद्वयले मतदान गर्न कम्तिमा पनि ४० मिनेटजति खर्चिनुपर्यो। तर अध्यक्षका उमेदवार ओलीलाई ५५ मिनेट लागेको निर्वाचन समिति स्रोतले जानकारी दिएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार समाचार तयार पार्दासम्म १६० जनाले मतदान गरिसकेका छन् । विद्युतीय मतदान गर्न सकिने व्यवस्था भए पनि उमेदवारको संख्या ठूलो भएका कारणले समय लाग्ने देखिएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय...
अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम
काठमाडौँ। जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने...
रास्वपाले नवसांसदहरूलाई किन गर्दैछ अभिमुखीकरण?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार अभिमुखीकरण सञ्चालन गर्ने...
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ। सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ। प्रधानमन्त्री...




