खेलकुद

अफगानिस्तानसँग पनि नेपालको हार

काठमाडौं। नेपाली टोली लगातार तीन खेल हार्दै एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ एसिया कपको आफ्नो तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । यसअघि, नेपाली टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग आठ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग सात विकेटले पराजित भएको थियो ।

नेपाल समूह ‘बी’ तालिकामा सबैभन्दा तल रह्यो । उक्त समूहबाट श्रीलंका र बंगलादेश प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भए । नेपाललाई हराएको अफगानिस्तान पनि उपाधि होडबाट बाहिरियो ।

समूह ‘ए’ बाट भने तीनवटै खेल जित्दै भारत ६ अंकसहित विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । उक्त समूहबाट पाकिस्तान उप­–विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यूएई र मलेसिया भने बाहिरिए ।

दुबईस्थित द सेभेन्स स्टेडियममा खेलिएको आफ्नो अन्तिम खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० मध्ये ४६.४ ओभरमै अलआउट हुनुअघि एक सय २४ रनमात्र बनाउन सक्यो ।

अघिल्ला दुई खेलमा जस्तै अफगानिस्तानविरुद्ध पनि नेपाली ब्याट्सम्यानहरू निरीह बने । कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ६८ बलमा चारवटा चौका हिर्काए ।

तल्लोक्रमका ब्याट्सम्यान चन्दन रामले २७ रन बनाए । उनले ४० बलमा दुई छक्का र एक चौका हिर्काए । अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन जोडे ।

नेपाली टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर साहिल पटेल एक र निरज कुमार यादव आठ रनमै पेभेलियन फर्किएका थिए ।

विकेटकिपर ब्याट्सम्यान आशिष लुहार चार, कप्तान अशोक धामी पाँच र युवराज खत्री नौ रनमा आउट भए । नितिस कुमार र विपिन शर्माले खाता खोल्न सकेनन् ।

नेपालले अतिरिक्त रूपमा ६ रन पायो । अफगानिस्तानका बलर जैतुल्लाह शाहिनले तीन विकेट लिए । वाहिदुल्लाह जदरान, नुरिस्तानी ओमरजाई र अब्दुल अजिजले पनि दुई–दुई विकेट हात पारे ।

जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले २६.५ ओभरमै केवल चार विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्‍यो । अफगानिस्तानको जितमा उजाइरुल्लाह निजाईले सर्वाधिक ६१ रनको योगदान गरे ।

चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ५९ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए । ओपनर ओस्मान सदातले पनि ५१ बलमा तीन चौकाको मद्दतले २८ रन बनाए ।

अर्का ओपनर फैसल सिनोजादा १६ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान महबुब खान ११ र अजिजुल्लाह मिखाइल पनि ११ रनमा अविजित रहे ।

अफगानिस्तानले अतिरिक्त रूपमा केवल एक रन पायो । नेपाली टोलीका बलर अभिषेक तिवारीले दुई विकेट लिए । विपिन शर्मा र चन्दन रामले पनि एक–एक विकेट हात पारे ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...