राजनीति

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

काठमाडौँ। बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको, लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोपसमेत लगाएका छन् ।

ज्ञापनपत्रमा सरकारले जनताका आवाज उठाउने थलो प्रदेशसभालाई लामो समय बन्द गर्न नहुने भन्दै विभिन्न विषय उठान गरिएका छन् । ज्ञापनपत्रमा प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ ।

संसदीय व्यवस्थामा सरकारले अधिवेशन नबोलाएको खण्डमा प्रदेशसभा नियमावलीअनुसार एक चौथाइ सांसदको निवेदनमा विशेष अधिवेशन वा बैठक बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै सोही प्रक्रिया अपनाउने अवस्था आउन नदिन चेतावनी दिइएको छ । ‘जेनजी विद्रोह’ पछि देश सङ्कटमा रहेको र सङ्घीय संसद्समेत विघटन भएको अवस्थामा प्रदेशसभा नै अनिर्णयको बन्दी बनाइएको ती पार्टीहरूको आरोप छ ।

सम्बन्धित समाचार

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...

‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी

‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...