एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताउनुभएको छ ।
११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । ओलीले एमालेको ११ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताउँदै एमालेको महाधिवेशन हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी गर्नुभयो ।
ओलीले पार्टी भित्र समय समयमा केही केही समस्या देखिएको बताउँदै उहाँले आगामी दिनमा त्यस्ता कमजोरीहरू प्रकट नहुन् भन्ने कामना गर्नुभयो । ‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ,’, उहाँले भन्नुभयो ।
ओलीले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखत रूपमा पेस गर्न उहाँले निर्देशन दिनुभयो । पार्टी भित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न उहाँले आग्रह गर्नुभयो ।
सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य भएको उहाँले स्मरण गराउनुभयो । समाज हुनको लागि अनुशासन अपरिहार्य रहेको आलीले स्पष्ट पार्नुभयो । उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र ती मध्य पनि अग्रदस्ताको रूपमा रहेको एमाले भित्र दृढ अनुशासन अपरिहार्य रहेको उहाँले बताउनुभयो । एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी नभएको उहाँले स्पष्ट पार्नुभयो ।
सामूहिक प्रयास र हितका विरुद्ध मेरो निजी कुरा भनेर चल्न नमिल्ने ओलीले बताउनुभयो । पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने आलीले स्पष्ट पार्नुभयो ।
एमालेका विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उहाँले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गर्नुभयो । अब एमाले भित्र कुनै गुट र प्यान नभएको बताउँदै उहाँले अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै ओलीले त्यो अप्ठेरोबाट देशलाई हज बाटोमा ल्याउने काम एमालेले गर्ने उहाँले बताउनुभयो । ‘हामी गर्छौँ त्यो, नत्र कसले गर्छ त यो देशमा ? अप्ठेरो अवस्था आयो, नेकपा एमाले बाहेक अन्य बोल्ने शक्ति नै देखिएन त’, ओलीले भन्नुभयो ।
देशमा लोकतन्त्र र गणतन्त्र विरुद्ध गतिविधि चलाउन हिंसा, तोडफोड र आगजनीको घटना गराइएको उहाँले बताउनुभयो । एमालेले आफ्नो गतिशीलतालाई अझ तीव्रता दिएर अघि बढ्ने ओलीले स्पष्ट पार्नुभयो।
ओलीले अब सहर गाउँ सबै ठाउँमा टोल सुरक्षा समिति बनाएर सुरक्षाको व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो । अहिले सिरक ओढेर म जनजी हुँ भन्दै थर्काउनेको जमात बढेको बताउँदै उहाँले त्यसका विरुद्ध नेकपा एमाले टोल सुरक्षा समिति बनाएर अघि बढ्ने ओलीले स्पष्ट पार्नुभयो ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...




