एमालेको पहिलो केन्द्रीय बैठक सम्पन्न, के के गर्यो निर्णय?
काठमाडौं। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । काठमाडाैंको बबरमहलमा सम्पन्न बैठकले विभिन्न निर्णयहरू पारित गरेको छ, जसमा दोस्रो बैठक २६–२८ पुसमा काठमाडौंमा बस्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
उहाँका अनुसार आजको बैठकले यसअघि संशोधन गरिएको विधान सम्पादन र प्रकाशन एक हप्ताभित्र गर्ने निर्णय गरेको छ । ‘यसअघि संशोधन गरिएको विधानलाई उचित सम्पादन र प्रकाशन गर्न जिम्मा दिइएको छ,’ भट्टले भन्नुभयो, `यसका लागि सचिवालयले जिम्मेवारी दिनेछ र एक साताभित्र प्रकाशन भएर आएको विधान मातहत कमिटीमा पुर्याउने निर्णय भएको छ ।’
त्यस्तै आजको बैठकले कार्य विभाजनको जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको छ भने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने जिम्मेवारी पनि सचिवालयलाई नै दिइएको छ ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...




