रिहापछि रविको उद्घोष ; अन्यायमा पार्नेसँग लडाइँ बाँकी नै छ
काठमाडौं। स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ बाकी नै रहेको बताउनुभएको छ।
जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएर छुटेपछि शुक्रबार साँझ आफ्ना समर्थकलाई सम्बोधन गर्दै लामिछानेले लडाइँ बाँकी नै रहेको बताउनुभएको छ। ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, लड्नु छ,’ उहाँले भन्नुभयो, ‘मैले लड्नु बाँकी छ, लड्नु छ भनेको मेराका लागि होइन, तपाईंका लागि, यो देशको न्यायका लागि लड्नु छ।’
उहाँले आफूमाथि भएको अन्यायको हिसाब गर्न बाँकी रहेको बताउनुभएको छ। ‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यसको हिसाब गर्नु छ, त्यसको हिसाब गरेपछि अनि लामो बोलौंला,’ समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले भन्नुभयो ‘आज यति मात्रै भन्छु- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।’
उहाँले धेरै बोल्ने समय आउन बाँकी रहेको जिकिर गर्नुभयो। ‘म आसा गर्छु, यो देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ, केही समय धैर्य गर्नुहोला। धेरै कुरा भन्न बाँकी छ।’
लामिछानेले आफूलाई साथ दिन सबैलाई धन्यवाद दिएका छन्। उहाँले भन्नुभयो ‘सबै जनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद दिन्छु।’
उहाँले चाँडै धेरै करा बोल्ने बताउनुभयो। लामिछानले भन्नुभयो, ‘आजलाई यत्ति, धेरै बोल्ने दिन आउँदै छ।’ जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएपछि छुटेका उहाँ चितवनतिर लाग्नुभएको हो। शनिबार चितवनमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...




