राजनीति

विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति : उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हाम्रा चाडपर्वहरूले भाषा, संस्कृति, रीतिरिवाज र पहिरनलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधतालाई संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

शनिबार तोल ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले पर्वलाई पर्यटनसँग जोडेर प्रवर्धन गर्दा स्थानीय आर्थिक गतिविधि सशक्त हुने मात्र होइन, राष्ट्रिय स्तरमा सकारात्मक ऊर्जा थपिने विश्वास लिनुभको छ ।

‘‘मौलिक पर्व तोल ल्होसार, नयाँ वर्षको आगमन मात्र होइन, सामाजिक एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय भावनालाई सुदृढ बनाउने अवसर पनि हो । घर–आँगन शुद्ध पार्ने, मान्यजनसँग आशीर्वाद ग्रहण गर्ने र परम्परागत परिकारको स्वादमा रमाउँदै परस्पर शुभकामना आदान–प्रदान गर्ने परम्पराले यस पर्वलाई थप अर्थपूर्ण बनाउँदछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘यसले समुदायबिचको आपसी विश्वास, सहयोग र मैत्रीभावलाई बलियो बनाउँदै राष्ट्रिय एकता र सद्भावलाई मजबुत बनाउने कार्यमा टेवा पुर्‍याउँदछ ।’’

नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई चाडपर्वहरूले अझै सुदृढ बनाउँदछ । विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो । तोल ल्होसारले यस भावनालाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ ।

सम्बन्धित समाचार

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : गगन थापा

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा ९होली० ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक...

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तरराष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत...

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा/होली पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र...

होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा ९होली०ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना...